बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीद्वारा आज आयोजना हुने चियापान समारोहमा नेपाल समूह नजाने

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गर्ने चियापान समारोहमा माधव नेपाल समूहले सहभागिता नजनाउने भएको छ ।

प्रधानमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज हुने चियापान कार्यक्रममा मन्त्री, सांसद र एमालेका नेताहरूलाई बोलाइएको छ।

पार्टीमा केपी ओलीले मनलाग्दी गर्न खोजेको भन्दै नेपाल समूहले भोलि कार्यकर्ता भेला बोलाएको छ । माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ भने ओली पक्षले उक्त निर्णय बदर नहुने अडान राख्दै आएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि