जेठ ०४, २०८१, शुक्रबार
               

माधव नेपाल समूहको भेला सुरु

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) माधव समूहको भेला सुरु भएको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन सो छलफल बोलाइएको छ । 

सोमबार धुम्बाराहीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता  निष्कर्षविहीन भएछि नेता नेपालले आफूपक्षीय नेताहरुलाई अर्याल होटलमा बोलाएका हुन् । सोमूहको छलफल अर्याल होटेलमा हुने छलफल ओलीसँग भएको भएको वार्ता र अबको रणनीतिमा कन्द्रित हुने बताइएको छ । 

सोमबार धुम्बाराहीमा ओली समूह र नेपाल समूहबीच वार्ता भएको थियो । वार्तामा दुवै पक्षले आ-आफ्नै अडान कायम राख्दा सहमति हुन सकेन । यद्यपि वार्ताको माध्यमबाट सहमति गर्दै जाने सहमति भएको छ । 

नेकपा एमाले पुनर्स्थापित भएपछि भएको पहिलो वार्तामाका क्रममा माधव नेपालले २८ गतेको निर्णय फिर्ता लिन र केपी शर्मा ओलीले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरेका थिए । जुन दुवैले एकअर्काका प्रस्ताव अस्विकार गरेका थिए । 

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए ।

छलफलमा सहभागी नेता माधवकुमार नेपालले सुरुमा कुरा राम्रै भए पनि अन्त्यतिर टर्रो भएको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि