जेठ ०६, २०८१, आइतबार
               

सरकारमा सामेल मन्त्रीलाई  फिर्ता हुन माओवादीको निर्देशन

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई  फिर्ता हुन निर्देशन दिएको छ ।

नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग गरी सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको हो । 

त्यसैगरी, प्रवक्ता श्रेष्ठले बैठकले नेकपा (माओवादी) केन्द्र छाडेका नेताहरुलाई पार्टी परित्याग गरेको हो/होइन भनी स्पष्टीकरण दिन पनि निर्देशन दिएको बताए । 

‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार सोमबारको केन्द्रीय कमिटीको बैठकले पार्टीको तर्फबाट अहिलेसम्म  मन्त्री पदमै रहेका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैगरी हिजैको केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्य अर्को पार्टीमा रहनुभएको सार्वजनिक रुपमा सूचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो–होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नको निम्ति र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

 


कस्तो लाग्यो ?

यो पनि