जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस आफैँले अविश्वासको प्रस्ताव लैजाँदैन: पौडेल

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाली कांग्रेसका  वरिष्ठ नेता पौडेलले कांग्रेस प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलैजाने, तर अरूले लगेमा साथ दिने बताएका छन् । सोमबार पर्वतको कुस्मामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वरिष्ठन नेता पौडेलले सो बताएका हुन् ।

‘देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ, तर अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुँदैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।’

सो क्रममा पौडेलले कांग्रेसलाई सत्ताभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती भएको बताउँदै संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व भएको बताए ।

यो पनि