बैशाख १४, २०८१, शुक्रबार
               

दाहाल-नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काेटेश्वर पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालकाे निवास पुगेका छन् ।

आइतबार सम्पन्न नेकपा माओवादीकाे केन्द्रीय समिति बैठकलगत्तै प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको प्रचण्डकाे सचिवालयले जनाएको छ।

माओवादी केन्द्रकाे केन्द्रीय समितिको बैठक भोलि पनि बैठक बोलाइएकाे छ । बैठकले कुनै पनि निर्णय लिन नसकेकाे बेला माधवकुमार नेपाल र पुस्पकमल दाहाल प्रचण्डबीचकाे भेटवार्तालाई चासाेका साथ हेरिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि