कात्तिक ३०, २०८१, शुक्रबार
               

सकियो नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

आइतबार बसेको सो दलको बैठकमा राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ भएको छ । बाँकी तय  एजेन्डाहरुमाथि भोलि (सोमबार) बस्ने बैठकमा छलफल गरिने गरी आइतबार सो बैठक टुंग्याइएको हो । 

सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलो केन्द्रीय कमिटी बैठक आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडमा लगभग चार घन्टा बसेर सकिएको छ । बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।

उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए। केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानुपर्ने बताएका थिए।

सोही क्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने  बताएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो । 

‘अति नराम्रोलाई परास्त गर्न कम राम्रो स्टेप चाल्नुपर्ने भएको छ। तत्कालीन स्थितिमा सरकारबाट ओलीको बिदाइ पहिलो कदम हुनेछ,’ बैठकमा आफ्नो धारणा राख्ने क्रममा श्रेष्ठले भनेका थिए, ‘यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर संवाद भइरहेको छ। चाँडै हामी ओलीलाई सरकारबाट बिदा गर्ने अवस्थामा पुग्छौँ।’

 सो बैठक पुन: सोमबार ११ बजे बस्ने भएको छ ।

यो पनि