जेठ ०८, २०८१, मंगलबार
               

झुटा कुरा गरेर मेलमिलाप हुन सक्दैन: जोशी

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन् ।

आइतबार तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित विपी विचार समाजको भवन उद्घाटनका क्रममा नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने बताउँदै सो बताएका हुन् । 

‘नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ,’ अर्को प्रसंगमा जोशीले भने, ‘त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।’   नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि