काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचनका क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् ।
सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाइँ भएको बताउँदै उनले आफू प्रधानमन्त्री बन्नका लागि लडाइँ नलडेको बताए ।
उनले आफूलाई पटक–पटक मार्ने प्रयास गरे पनि जनताले नै आफूलाई जोगाएको उनको भनाइ छ । सो क्रममा उनले अबको आन्दोलन निरंकूशता र जनताको अधिकारका लागि हुने बताए ।