काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्ने क्रममा सभापति देउवाल सो बताएका हुन् । कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहँदा प्रजातन्त्रलाई स्थायी नसकेकाले उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको उनको भनाइ छ ।
‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिस्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ सभापति देउवाले भने, ‘झूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’
सो क्रममा उनले नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस भएको बताए ।