बैशाख २७, २०८१, बिहीबार
               

माओवादी र जसपाबीचको छलफल सकारात्मक भएको दाबी

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ । आज सम्पन्न भएकाे छलफल सकारात्मक भएकाे दाबी गरिएकाे छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहहरूले बताएका हुन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताए ।

बिहान माओवादीको स्थायी कमिटी बैठकलगत्तै माओवादीसँग छलफल गर्न जसपाबाट यादव र डा. बाबुराम भट्टराई पेरिसडाँडा पुगेका हुन् । 

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी थिए । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भन्दै यसबारेमा थप छलफल गर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि