बैशाख २२, २०८१, शनिबार
               

आज खनाल–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफ्नै एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गरेर महाधिवेशनको मिति तोकेपछि खनाल–नेपाल समूहले आज आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

उक्त समूहले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको स्रोतले जनाएको छ ।

बैठकपछि नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि