काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका-४ पार्टी कार्यलय उद्घाटन गर्ने क्रममा केसीले पार्टीमा घात तथा अन्तरघात गर्नेलाई कसैले नछाड्ने बताउँदै सो बताएका हुन् ।
संविधान च्यातेर बाघ बनेका केपी ओलीलाई अदालतले राम्रो दण्ड दिएको बताउँदै उनले कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाउन नसघाउने बताए । जनता यत्रतत्र कांग्रेसको विजयको पर्खइमा रहेको उनको भनाइ छ । पूर्वमन्त्री केसीले भने, ‘ कहिले कांग्रेस आउँछ र सुख पाइन्छ भनी जनता बाटो हेरिरहेका छन् ।’