जेठ ०८, २०८१, मंगलबार
               

नेपाल समूहले बोलायो आकस्मिक रुपमा स्थायी कमिटीको बैठक

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधव समूहले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ।

शुक्रबार प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधव समूहलाई जानकारी नै नदिई जिम्मेवार हेरफेर र  महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले सो बैठक बोलाएको हो । 

सो पक्षीय एक नेताका अनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा सो समूहको  बैठक बस्दै छ । बैठक ओलीले चालेको कदम र आगामी रणनीतिमा केन्द्रित हुने बताइएको छ । 

यसअघि अध्यक्ष ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेका थिए। जसमा उनले माधव कुमार नेपाललाई विदेश प्रमुखबाट हटाएर राजन भट्टराईलाई सो जिम्मेवारी दिएका छन् भने भीम रावल, अष्टलक्ष्मीलगायतको जिम्मेवारी खोसी आफू र बादल समूहका नेतालाई सो जिम्मेवारी सुम्पिएका छन् । 

ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । यसका अलवा उनले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । 

हेर्नुहोस् केन्द्रीय सदस्यको सूची :

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का

यो पनि