चैत १५, २०८०, बिहीबार
               

हिन्दु राष्ट्रको पक्षमा उत्रियो राप्रपा दोलखा

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

दोलखा । राप्रपाको दोलखास्थित भीमेश्वर नगरपालिका -५ को अध्यक्षमा विष्णुबाबु कुँवर चयन भएका छन् ।

आज भएको नगर अधिवेशनले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यक्रममा वक्ताहरूले मुलुकलाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न माग गरेका छन् । प्रमुख अतिथि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको सदस्य विजय खडकाले विश्वको एक अर्ब २० करोड हिन्दु जनताको आस्थाको लागि नेपाल हिन्दु राष्ट्र घोषणा हुनुपर्ने बताए ।

उनले नेपाल हिन्दु राष्ट्र घोषणा भए महत्त्वपूर्ण धार्मिक पर्यटनको विकास हुने र नेपाल इसाईको भ्याटिकन तथा इस्लामको मक्का मदिनाभन्दा महत्त्वपूर्ण धार्मिकस्थल बन्ने दाबी गरे ।

उनले राजासहितको प्रजातन्त्र र स्थानीय सुदृढ शासनको लागि राप्रपाले मुलुकको नेतृत्व गर्नुपर्ने बताए । नेता खड्काले कांग्रेस र कम्युनिस्टको एजेन्डा फेल भएको दाबी गरे । राजसंस्था, हिन्दु राष्ट्र, सुदृढ स्थानीय शासनको बिना मुलुकलाई समृद्धि यात्रामा जान नसक्ने उनको तर्क थियो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू तीर्थ केसी, नवराज श्रेष्ठ, जिल्ला अध्यक्ष राजन सिवाकोटीलगायतले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाको पक्षमा आफूहरू होमिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि