जेठ ०७, २०८१, सोमबार
               

जसपाले चयन गर्न सकेन संसदीय दलको नेता

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदीय दलको नेता चयनका लागि बसेको जसपाको संसदीय बैठक विनानिष्कर्ष टुंगिएको छ । दलको नेता चयनका लागि शुक्रबार बसेको जसपाको संसदीय  दलको बैठक विनानिष्कर्ष टुंगिएको हो । 

गत वैशाख १० गते राष्‍ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गरेको छैन।

जसपा नेता लक्ष्मण कर्णका अनुसार दलको नेता चुन्न भनेर बसेको बैठक दलको विधान बनाउने विषयमा छलफल गरी टुंगिएको छ । 

‘विधान मिलाएपछि फेरि छलफल हुन्छ,’ उनले भने, ‘विधान बनेर आएपछि संसदीय दलको नेता चुन्ने प्रक्रिया अगाडि बढ्छ।’


कस्तो लाग्यो ?

यो पनि