जेठ ०५, २०८१, शनिबार
               

मलाई बादल फकाउन मन लागेको छैन: प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसमक्ष बादललगायत नेता फकाउन सल्लाह आइरहे पनि उनीहरुलाई फकाउन मन नलागेको बताएका छन् । 

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले केही मान्छेले आफूलाई बादल फकाउन सुझाव दिए पनि मन नलागेको बताउँदै बादलहरुलाई एलेमै बस्न सुझाव दिएका छन् । 

‘भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ,’ प्रचण्डले भने, ‘ति यहाँ आए भाडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।’

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै केपी शर्मा ओली समूहसँग रहेका बादललगायत नेता आफू फर्केर अब माओवादीमा नगई एमालेमै रहने बताउँदै आएका छन् ।पूर्वमाओवादीमा नफर्किँदा आफ्नो मन्त्री पद जाने  सम्भावना रहे सांसद पद छाड्ने, तर ओलीको साथ नछाड्ने बताउँदै आएका छन् । 

पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् ।


कस्तो लाग्यो ?

यो पनि