बैशाख २५, २०८१, मंगलबार
               

जसपा संसदीय दलको बैठक सिंहदरबारमा

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। सरकारमा जाने विषयमा धारणा बनाउन बैठक बसेको हो ।

सत्तारुढ दल नेकपा एमालेसंग सहकार्य गर्ने विषयमा विहबिार जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले अनौपचारिक छलफल गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेताहरुसंग सत्तासहकार्यबारे प्रस्ताव राखेका थिए । 

बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि