बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड कार्यकर्ता भेट्न आज बुटवल जाँदै

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नो कार्यकर्ता भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् । अध्यक्ष दाहाल दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि बुटवल जान लागेको उनी निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुटवलमा दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्डले बुटवलमा एक होटलमा हुने कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि