जेठ ०७, २०८१, सोमबार
               

जसपाका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

जसपा, नेपालका अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् । अध्यक्ष ठाकुरले बिहीबार साँझ साढे पाँच बजे ठाकुर लगायत नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि जानकारी दिए ।

अध्यक्ष ठाकुरले यस विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।

सत्ता समीकरणमा सहभागी हुन जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग अघि सारेको छ ।


कस्तो लाग्यो ?

यो पनि