जेठ ०५, २०८१, शनिबार
               

दुई-चार वर्ष जनताको बीचमा गएर शक्ति सञ्चय गर्छु: प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको बताएका छन् । 

बिहीबार स्वास्थ्यकर्मीहरुको कार्यक्रममा  मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालले दुई/चार वर्ष काठमाडौंबाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको बताउँदै उनले सो बताएका हुन् । ‘अबचाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिबद्धता मैले आफैँले गरेको छु,’ अध्यक्ष दाहालले भने ।

सोही क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुन: एकपटक क्रान्ति गर्ने मनस्थितिमा आफू रहेको बताएका छन् ।

‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धिमाथि धावा बोल्ने कोसिस गरेका छन्,’ अध्यक्ष दाहालले भने ।

जनयुद्ध  सुरु गर्दा आफू ४२ वर्षको भएको बताउँदै उनले माओत्सेतुङको उदाहरण दिँदै उनले षड्यन्त्रकारीहरुलाई छाड्ने पक्षमा आफू नरहेको बताए । ‘म एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु,’ उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’

यो पनि