जेठ ०८, २०८१, मंगलबार
               

कोटेश्वरमा नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको भेला सुरु भएको छ । 

फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्य छलफलमा जुटेका हुन् । एक स्रोतका अनुसार सो छलफल कोटेश्वरस्थित एक होटलमा चलिरहेको छ ।  छलफल एमालेमा कुन रणनीति अपनाउने भन्नेमा केन्द्रित हुनेछ । 

नेपालले बुधबार आफूपक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए ।भेलाले वामपन्थी सरकारको निरन्तरता, एमाले एक ढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति निष्कर्ष निकालेको थियो । साथै एमालेलाई एकताबद्ध गर्ने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै रहेको र विगतका सबै कुराहरुलाई बिर्सनुपर्ने निष्कर्ष पनि भेलाको थियो ।

सर्वोच्च अदालले एमाले ब्युँत्याइदिएपछि पनि ओली समूह र नेपाल समूहबीच छलफलसमेत भएको छैन । सो समूहमा एमाले स्थायी कमिटीका माधव नेपालनिकट ११ स्थायी कमिटी सदस्य छन् ।


कस्तो लाग्यो ?

यो पनि