जेठ ०५, २०८१, शनिबार
               

सरकारमा जान आफ्ना एजेन्डा पूरा गर्न जसपाको सर्त

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रले संसद् विघटनपश्चात् एक ठाउँमा उभिएका शक्ति मिलेर जान गरेको प्रस्तावमा जसपाले जसले आफ्नो मुद्दालाई संबोधन गर्छ त्यहीँसँग मिलेर जाने बताएको छ ।

फागुन २३ मा सर्वोच्चले यसअघि ओली र दाहालले संयुक्त रुपमा नेतृत्व ऋषि कटेलको भनी फैसलासँगै पूर्ववत नेकपा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रमा रुपान्तरण भएसँगै बुधबार पेरिसडाँडामा माओवादी केन्द्र र जसपाबीच भएको छलफलका क्रममा जसपाका नेताले सो बताएका हुन् । 

फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्र तेस्रो दल भएको छ । सोसँगै सो दलका अध्यक्ष दाहाल  नेकपा एमालेइतरको सरकार बनाउन दौडधुपमा छन् । सोही क्रममा उनले जनता समाजवादी पार्टी (जसपा)का नेतासँग भेटवार्ता गरेका हुन् । 

प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेका थिए । भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

तर जसपा नेताहरुले भने आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौँ,’ भेटमा सहभागी राजपा वरिष्ठ नेता महतोले भने ।

मंगलबार मात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट्टवार्ता गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि