बैशाख २७, २०८१, बिहीबार
               

बादललाई एमालेको उपाध्यक्षमा मनोनीत गर्ने तयारी

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरेका छन् । फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन् । 

उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायत माओवादी नेता एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो ।

एमालेमा पाँच अध्यक्ष पद छन्। एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि एक उपाध्यक्ष पद रिक्त छ । सोही पदमा बादललाई लैजाने गरी ओली पक्षले तयारी गरिरहेको छ । एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष हुन् ।  

बादलसहितका नेताको व्यवस्थापनबारे अहिले प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन् ।  प्रधानमन्त्री ओलीसँग बादलसहितका नेताहरूले हिजो पनि छलफल गरेका थिए । त्यसपछि बादल, रायमाझी, थापा, भट्टले गृह मन्त्रालयमा छुट्टै छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि