बैशाख २७, २०८१, बिहीबार
               

हामीले तत्काल सरकारमा जानेबारे सोचेका छैनौँ: महतो

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले राख्दै माग पूरा भएपछि मात्रै सरकारमा जानेबारे सोच्ने बताएका छन् । 

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सो बताएका हुन् । ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौँला ।’

उनले अगाडि भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’  सो क्रममा उनले सरकारको नेतृत्वको दाबी गर्ने क्षमतै नभएको उनको भनाइ छ ।

यो पनि