बैशाख २७, २०८१, बिहीबार
               

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो, अर्काे बैठक चैत ३ गते

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि