बैशाख १७, २०८१, सोमबार
               

आज संसद् बैठक : माओवादी केन्द्र सत्तापक्षकै लहरमा

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

आज १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइए पनि आजकाे प्रतिनिधिसभा बैठकमा दुवै पक्षका सांसदहरू सत्तापक्षकै सिटमा बस्नुपर्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेकपा माओवादी सत्तासाझेदार दल रहेकाले सत्तापक्षमा नै बस्नुपर्ने हुन्छ ।

निर्वाचन आयोगले दुवै पार्टी साविककै अवस्थामा फर्किएको भन्दै पठाएको पत्र संसद् सचिवालयमा पुगे पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले माओवादी केन्द्रका सांसद सत्ता पक्षकै लहरमा बस्ने भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि