बैशाख ०४, २०८१, मंगलबार
               

संघीयता नमान्ने राप्रपाले बल्ल बनायो प्रदेश समिति

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सैद्धान्तिक रूपमा संघीयतालाई अस्वीकार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको एक वर्ष पुग्नै लाग्ला बल्ल प्रदेश समिति गठन गरेको छ ।

राप्रपाका तीन अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदेश समिति बनाएका हुन् ।

प्रदेश १ को अध्यक्षमा रामकुमार थापा (झापा) र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती रहेका छन् । त्यसैगरी प्रदेश २ मा सर्लाहीका रामचन्द्र राय अध्यक्ष र सिरहाका महेशलाल महासेठ उपाध्यक्ष बनेका छन् । गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ लमजुङ र उपाध्यक्षमा महेश्वर रोका गोरखा रहेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको अध्यक्ष र उपाध्यक्ष दुवै रुपन्देहीका राखिएको छ । त्यो प्रदेशको अध्यक्षको जिम्मेवारी प्रदीपकुमार उदयले पाएका छन् भने उपाध्यक्षमा कैलाश गुरुङ रहेका छन् । कर्णाली  प्रदेशको प्रमुखमा कालिकोटका दिपबहादुर शाही नियुक्त भएका छन् भने उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी रहेका छन् ।

बागमती र सुदूरपश्चिम प्रदेशमा भने कसैलाई जिम्मेवारी दिइएको छैन । 

राप्रपा संघीयताको सट्टा सुदृढ स्थानीय सरकारको पक्षमा उभिएको छ । मुलुकको राजनीतिक एवं कानुनी संरचनाका कारण पार्टीले सांगठनिक रूपमा प्रदेश संरचना बनाएको राप्रपा नेता विजय खड्काले बताए ।


कस्तो लाग्यो ?

यो पनि