बैशाख २८, २०८१, शुक्रबार
               

भरतपुरमा एमाले र माओवादी पार्टीको बोर्ड राखियो

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

भरतपुर । सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई गरेको बदरका कारण पार्टी विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपछि दुवै दलले चितवनमा आफ्नो पार्टी कार्यालय स्थापना गर्दै बोर्ड राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भरतपुर–१० मदननगरस्थित पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताले साविक एमालेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) लेखेको बोर्ड राखेका हुन् ।

यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड थियो । पार्टी कार्यालयमा साविकका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पनि टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताले खुशीयाली मनाउँदै नाचगान पनि गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेताकार्यकर्ताले साविकको माओवादी केन्द्रको पार्टी कार्यालयमा माओवादी केन्द्र लेखेकै बोर्ड राखेका हुन् ।

पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीरसमेत राखिएको छ । यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुरको बोर्ड थियो । 


कस्तो लाग्यो ?

यो पनि