जेठ ०७, २०८१, सोमबार
               

जसपाले उधारो सहमति नगर्ने, तीनवटा सर्त अघि सार्दै

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

जनता समाजदावी पार्टीले सरकारमा जान इच्छा देखाएकाे छ । जसपाले नेपाल कम्युनिस्ट पार्टी एमालेसँग वार्ताका लागि टोली समेत गठन गरिसकेकाे छ । जसपाले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका मुद्दा सम्बोधन गर्ने पक्षलाई समर्थन गरेर सरकारमा जाने संकेत गरेको छ । 

जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाई, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनीय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिए । उनले  “उधारो सहमति” कसैसँग नहुने स्पष्ट पारे ।

महतोले सबै पक्षसँग वार्ता गरी अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताए । तत्काल अपर्झट कुरा गर्नुपर्ने भएकाले दुईजना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रुपले पूर्णता दिने पनि उनले जानकारी दिए । 

जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसँगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रुपमा समायोजन भएको छ । 


कस्तो लाग्यो ?

यो पनि