बैशाख १४, २०८१, शुक्रबार
               

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । 

२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा खारेजसँगै माओवादी केन्द्रको हैसियतमा दाहाल भट्टराईबीच मंगलबार भेटवार्ता भएको हो । 

जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए। भट्टराईसँग भेट हुुनुपूर्व प्रचण्ड कांग्रेस सभापति देउवा भेट्न बुढानीलकण्ठ पुगेका थिए । 

दाहाल-भट्टराई भेट हुनुपूर्व जसपाका नेता महन्थ ठाकुरको नेतृत्वमा नेकपा एमालेसँग सरकार साझेदारीका लागि वार्ता टोली गठन भएको छ । 

दाहाल-भट्टराई दशवर्षे जनयुद्धका सहयोद्धा हुन् ।संविधान निर्माणसँगै माओवादीबाट बाहिरएका भट्टराई नयाँ शक्ति हुँदै यतिखर मधेशवादी दल भनी चिनिने जसपमामा पुगेका छन् ।

नेकपामा प्रचण्डको बाहुल्यता राम्रो हुँदासम्म पृथ्वीका दुई ध्रुवझैँ देखिने यी दुईको केमेस्ट्री पुस ५मा प्रतिनिधिसभा विघटनसँगै मिल्दै आएको छ ।

यो पनि