जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसद्वारा खड्काको निधनप्रति दुःख व्यक्त

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । डा. खड्काको मंगलबार बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको थियो  । 

 खड्का २०४८ सालको आमनिर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा विसं २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष हुनाका साथै विभिन्न सामाजिक संस्थामा क्रियाशील रहँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि