बैशाख २७, २०८१, बिहीबार
               

ब्यूँतिए एमाले र माओवादी मुख्यालय

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

करिब दुई वर्ष नौ महिनापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय ब्यूँतिएका छन् । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन भएको हो । तर, सर्वोच्च अदालतले एकता नै अवैधानिक भन्दै एकता रद्द गरेपछि पुरानै पार्टी ब्यूँतिएका हुन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणपछि तत्कालीन एमालेकै कार्यालय धुमबाराहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड राखिएको थियो । पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालयमा पनि नेकपाको कार्यालय बनाइएको थियो ।

गत आइतबारको सर्वोच्च अदालतको फैसलामार्फत् ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै साबिकका एमाले र माओवादी केन्द्र कायम रहने निर्णय सुनाएपछि ३३ महिनामै नेकपाको एकता टुट्यो ।

निर्वाचन आयोगले पुन: एकता प्रक्रिया सुरु गर्न पत्राचार गरे पनि साबिक एमाले अध्यक्ष केपी शर्मा ओली र साबिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको टकरावका कारण अघि बढ्नेछैन । दुईबीच अलगअलग पार्टीको अभ्यास गरिरहँदा आएको सार्वाेच्चको फैसलाबाट दुवै पक्षलाई साबिककै दलमा फर्काइदिएको छ  ।

अलगअलग पार्टीका रुपमा रहने आइतबारको निर्णयसँगै तत्कालीन एमालेका जिल्ला कार्यालयहरूमा एमालेको बोर्ड राख्न थालिएको छ । मंगलबार भने पार्टी मुख्यालय धुमबाराहीमै नेकपा एमाले लेखिएको होडिङ बोर्ड राखेर एमाले मुख्यालय ब्यूँत्याइएको छ ।

नेकपाको अर्को केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि  माओवादी केन्द्रको बोर्ड राखिँदै छ । माओवादी पक्षले भने केन्द्रीय कार्यालयमा बोर्ड राखेर माओवादी कार्यालय ब्यूँत्याउन लागिएको छ । 

किनकि माओवादी पक्ष सर्वोच्चको फैसला अनपेक्षित भएको भन्दै दुखी थियो । यता नेकपामा अल्पमतमा रहेका केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता भने  एमालेमा भने बहुमतमा हुने देखिएपछि फैसलाको स्वागतमा थिए । यस कारण उनीहरूले फैसला लगतै बोर्ड फेर्न थालिसकेका थिए । 

सो पक्षले फैसलाको स्वागत गर्दै एमाले ब्युँतिएका गतिविधि तीव्र पारिसकेको छ। देशभरका अधिकांश जिल्लामा नेकपा कार्यालय बनाइएका साबिक एमालेका पार्टी कार्यालयका बोर्ड फेरिएर पुरानै राखिएका छन् । माओवादी पक्षका जिल्ला कार्यालयले भने बोर्ड फेर्न केन्द्रको आदेश पर्खिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि