बैशाख १२, २०८१, बुधबार
               

पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

फागनु २३ मा सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसलापछि मंगलबार बसेको आयोगको बैठकले एकीकरणपूर्वका एमाले र माओवादीलाई सो आग्रह गरेको हो । 

सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई भनेको छ । 

आयोगले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिन पनि  आग्रह गरेको छ । 

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा ओली दाहालले नेतृत्व गरेको नेकपा नेकपा ऋषि कट्टेलको भनी फैसला गरेको थियो । जसका कारण २०७५ जेठ ३ मा पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भई बनेको ओली-दाहाल नेतृत्वको नेकपा बदर भएको छ ।  

 


कस्तो लाग्यो ?

यो पनि