बैशाख १३, २०८१, बिहीबार
               

राप्रपाले बनायो महाधिवेशन आयोजक समिति

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । 

राप्रपाका तीनै जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अध्यक्षता रहेको आयोजक समिति गठन गरिएको हो । राप्रपा महाधिवेशन वैशाखको तेस्रो साता हुने भनिएको छ ।

आयोजक समितिमा सचिवालयका प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सदस्य सचिव रहेका छन् । त्यसैगरी दुई जना कोषाध्यक्ष आयोजक समितिमा रहने राप्रपाले जनाएको छ । 

महाधिवेशन आयोजक समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सबै सदस्य रहने नेता विजय खड्काले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि