जेठ ०६, २०८१, आइतबार
               

सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी स्थायी कमिटीको निर्णय

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताउँदै अहिले नै समर्थन फिर्ता लिनेबारे भने कुनै निर्णय नभएको बताए । 

बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि