बैशाख २७, २०८१, बिहीबार
               

ओलीलाई निष्कासित गर्ने अपराधीहरु : सूर्य थापा

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर यस्तो अभिव्यक्ति दिएका हुन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहबाट हाल प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई थापाले अपराधी भन्दै आरोप लगाएका छन् । सल्लाहकार थापाले अध्यक्ष ओलीलाई पार्टीको सदस्यबाट समेत निष्कासित गर्ने नेपाल–खनालहरु अपराधी भएको दाबी गरेका हुन्।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।


कस्तो लाग्यो ?

यो पनि