बैशाख २७, २०८१, बिहीबार
               

अब माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड-नेपाल समूहमा पूर्वएमाले र पूर्वमाओवादी अलग अलग हुने भएको छ । नेकपा प्रचण्ड–नेपाल स्थायी कमिटीको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको हो । आज नेकपाकाे अन्तम स्थायी समिति बैठकले यस्तो निर्णय गरेकाे हाे । 

बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो । नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतबारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।

श्रेष्ठले पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार आयोगले कार्यान्वयनको प्रक्रिया जसरी अघि बढाउँछ त्यही अनुसार हुने बताए । यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि