बैशाख २२, २०८१, शनिबार
               

प्रचण्ड र बाबुरामले गलत बाटो लिए: विप्लव

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् ।

गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टीनिकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा महासचिव चन्दले सो बताएका हुन् । ‘जनयुद्धपश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको छ,’ सो क्रममा उनले भने । 

विप्लवले जनयुद्धका शहीदहरूको सपना पूरा नभएको र शहीद तथा बेपत्ता परिवारले न्याय नपाएको बताए ।

माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बने पनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको बताए । सोही क्रममा उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाका कारण  मधेशवादी दलको नेता बन्न पुगेको बताए । 

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध गलत भएको बताए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भने पनि सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको उनले बताए । 

विप्लवले पुँजीवादी व्यवस्था असफल भएको जिकिर गर्दै वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाबीच कुन ठीक भनेर जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि