बैशाख २१, २०८१, शुक्रबार
               

पार्टी एकीकरणमा ढंग नपुग्दा समस्या भयो: पोखरेल

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी एकता ढंग नपुर्‍याइ गरिएकाले समस्या निम्तिएको बताएका छन् । 

सोमबार १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा विचार, संगठन र नेतृत्वको ख्याल नगरी चुनावमा बहुमत ल्याउने कुरालाई मात्र प्राथमिकतामा राख्दा अहिले यो समस्या आएको बताएका हुन् । 

सो क्रममा पोखरेलले सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको बताउँदै अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुर्‍याएकै हो । एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने र चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्‍यो ।’ 

सो क्रममा उनले नेकपामा ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने बताउँदै सबैलाई विश्वस्त हुन आग्रह गरे । 


कस्तो लाग्यो ?

यो पनि