जेठ ०६, २०८१, आइतबार
               

ओली समूह आन्तरिक छलफलमा

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । केपी शर्मा ओली समूह आन्तरिक छलफलमा जुटेको छ ।

आइतबार सर्वोच्चबाट आएको फैसलाका कारण फरक राजनीतिक वातावरण सिर्जना भएसँगै प्रधानमन्त्री ओली समूह पनि आन्तरिक छलफलमा जुटेको हो ।

छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेललगायत सो समूहका शीर्षस्थ नेता सहभागी छन् । 

सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ । साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।

ओली समूह आन्तरिक छलफलमा जुट्नुभन्दा पहिले प्रचण्ड–माधव  पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको छ । 

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै दुई धारमा विभाजित नेकपाका शीर्षस्थ नेतामध्ये माधवकुमार नेपालले नेकपा एमालेमा फर्किएर केपी ओलीविरुद्ध संघर्ष गर्ने बताएका छन् । त्यसैगरी, सोही समूहमा रहेका रघुजी पन्तले पनि एकपटक फेरी केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।

यसका अलवा उनले दाहाल-नेपाल समूहमा सहभागी भएका अधिकांश नेताले पार्टी एकताको पक्षमा आफ्नो धारणा राखेको बताए ।


कस्तो लाग्यो ?

यो पनि