बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक सुरु

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै विकसित राजनीति घटनाक्रममा केन्द्रित भई सो बैठक बसेको हो । यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो ।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय हुन सक्ने बताइएको छ । 

आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसलासँगै यसअघिको नेकपा अन्योलमा छ । सो बैठकमा सहभागी हुनभन्दा अघि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।


कस्तो लाग्यो ?

यो पनि