जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल समूह किंकर्तव्यविमूढ
एमालेमै रहेने कि माओवादीमा जाने दोधारमा

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण बदर गरेसँगै माधवकुमार नेपाल समूह  किंकर्तव्यविमूढ  अवस्थामा पुगेको छ ।  नेकपा (एमाले) मा रहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने कि पुष्पकल दाहाल (प्रचण्ड) नेतृत्वको साबिकको माओवादी केन्द्रमा जाने भन्ने विषयमा नेपाल समूह अन्योलमा छ ।

नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले नेपाल फ्ल्याससँग आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री ओलीविरुद्ध लड्ने मनस्थितिमा रहेको बताए । ‘अहिले पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक बिदाइ बैठक पनि हुन सक्छ, बिदाइ भयो भने एमालेमै फर्किएर ओली समूहसँग संघर्ष गरिन्छ, नभए सांसद पद छाडेरै भए पनि माओवादी आइन्छ,’ ती नेताले भने ।

पेरिसडाँडामा अहिले प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ।  कार्यालयबाहिर उक्त समूहका केन्द्रीय सदस्य र  सांसदहरूको बाक्लो उपस्थिति छ ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए । छलफलमा एमालेमै रहेर पनि ओलीसँग लड्न आफ्नो समूहसक्षम रहेको निष्कर्ष थियो । कतिपयले एमालेमा बस्न नसकिने भन्दै सांसद पद त्यागेर भए पनि माओवादीमा जानुपर्ने तर्क राखेका थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधिसभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् । थप दुईजना आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै, नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ। 


कस्तो लाग्यो ?

यो पनि