जेठ ०७, २०८१, सोमबार
               

जसपाले बोलायो संसदीय दलको बैठक

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । आगामी रणनीति तय गर्नका लागि मंगलबारका लागि पार्टी कार्यालयमा संसदीय दकाे बैठक बोलाइएको हो ।

बैठकमा अब पार्टीकाे भूमिका के हुन्छ भन्ने विषयमा केन्द्रित रहने जसपाले जनाएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछिको यो पहिलो संसदीय दलको बैठक हो । संसदीय दलको बैठक बस्नुअघि आज पूर्वसमाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै ब्युँतिएको अवस्थामा बोलाइएकाे जसपा संसलीय दलकाे बैठकलाई महत्वका साथ हेरिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि