जेठ ०६, २०८१, आइतबार
               

आइतबारको संसद् बैठकबारे प्रधानमन्त्रीले भने - ‘यस्तै हुन्छ भनेर मैले संसद् विघटन गरेको’

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा देखिएका परिदृश्यलाई गज्जबको सेटिङको संज्ञा दिएका छन् । 

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइतबारको संसदप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो संज्ञा दिएका हुन् । 

‘कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन् ? के हतार थियो थाहा छैन । केहीले रोस्टम घेरेर नारा लगाए,’प्रधानमन्त्री ओलीले भने । सोही क्रममा उनले यस्तै हुन्छ भनेर आफूले संसद विघटन गरेको पनि बताए । 

‘दूर दिन देख्नु थियो पुनर्स्थापना भयो,’ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम मेरै मेख मार्न पनि हिजो त चुप लागेर बस्नुपर्थ्यो । हामीले मुद्दा लडेर जितेपछि यति शान्त भएर चल्छ भनेर देखाउनुपर्थ्यो ।’

सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई बदर १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेशबमोजिम आइतबार बसेको पहिलो बैठक बसेको थियो । सो बैठकमा सरकारको तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेपछि सोको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूह बैठकबाट बाहिरिएको थियो भने विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए । 

सोही क्रममा प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्को पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि