बैशाख २७, २०८१, बिहीबार
               

'प्रधानमन्त्री कुन पार्टीको हो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस्'

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले 'प्रधानमन्त्री कुन पार्टीको हो' भनेर प्रश्‍न गरेपछि आज प्रधानमन्त्रीले सर्वोच्चमा गएर सोध्न आग्रह गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।' उनले उल्टै रावललाई प्रश्न गरे, 'मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने।'

प्रधानम्नत्री ओलीले संसद् अधिवेशनको पहिलो बैठक सुखद नरहेको बताए, 'संसद् बैठकको पहिलो दिनमै गाँसमा झिंगा परेजस्तो भो ।' आइतबारको संसद् बैठक दाहाल-नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । स्थगित  भएकाे संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।


कस्तो लाग्यो ?

यो पनि