नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले ५० प्रतिशत अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।
सोमबार १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानतः महिलाहरूले धेरै अधिकार पाएको तर कार्यान्वयनको चुनौती रहेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरूको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने उनको भनाइ छ ।