बैशाख २७, २०८१, बिहीबार
               

सर्‍यो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक ३ बजेका लागि सरेको हाे ।

सर्वोच्च अदालतले आइतबार नेकपा नामको पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफलका लागि बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेकपाबारे गरेको फैसला, त्यसको समग्र पक्ष र पार्टीको नीतिका सम्बन्धमा निर्णय लिन बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताइसकेको छ । सर्वोच्च अदालतले रिट निवेदकको मागदावीभन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको प्रचण्ड–नेपाल समूहको ठहर छ ।


कस्तो लाग्यो ?

यो पनि