बैशाख २७, २०८१, बिहीबार
               

'सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेता जनार्दन शर्मा ‘प्रभावकर’ले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने बताएका हुन् ।

सर्वोच्च् अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेकपा पार्टी खारेज गरेको थियो । एकीकरण गरेर बनेको पार्टी नै खारेज भएपछि यसअघिको दलको तर्फबाट दिइएको समर्थन फिर्ता लिने पक्षमा माओवादी केन्द्रका नेताहरु पुगेका हुन् ।

आइतबार सर्वोच्च अदालतले तत्कालिन एमाले तथा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि