बैशाख २८, २०८१, शुक्रबार
               

रघुजी पन्तविरुद्ध उजुरी दिने नेतृ कोमल वलीको तयारी

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले दाहाल–नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको उजुरी दिने तयारी गरेकी छन् । 

नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा भोलि (मंगलबार) उजुरी दिन लागेको बताएकी छन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएको भन्दै वलीले उजुरी दिन लागेकी हुन् ।

यसअघि गत फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले कोमल वलीमाथि ‘पिडौँला देखाएर सांसद बनेको’ जस्ता अभिव्क्ति दिएका थिए । सोही विषयमा नेतृ वलीले आफूलाई मात्र नभइ आम नेपाली महिलामाथि अपमान भएको भन्दै उजुरी दिन लागेको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि