बैशाख २७, २०८१, बिहीबार
               

आज दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे फैसला गरेपछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको उनले बताए । कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि